प्रेसलाई मर्यादित बनाउन प्रेस युनियनको भूमिका महत्वपूर्ण: मन्त्री थापा

पाेखरा | पुस २०, २०७९

प्रेसलाई मर्यादित बनाउन प्रेस युनियनको भूमिका महत्वपूर्ण: मन्त्री थापा

पोखरा:  गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रेसलाई मर्यादित बनाउन प्रेस युनियनको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।  नेपाल प्रेस युनियन गण्डकी प्रदेशको प्रथम अधिवेशनको समापन कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुन् । 


‘प्रेस मर्यादित हुन आवश्यक छ । जसका लागि यस सम्बद्ध संघसंस्थाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । गलत सूचना पर्वाह गरी नागरिकलाई समस्यामा पार्ने बाटो तर्फ मिडिया लाग्न हुँदैन । अवलोकन र अनुगमन मिडिया क्षेत्रलाई पनि आवश्यकता छ ।’, उनले भने । 


मन्त्री थापाले प्रदेश सरकार प्रेसमैत्री कानून निर्माणको सवालमा सकरात्मक रहेको अभिव्यक्ति दिएका छन् । आमसंचार विधेयक सम्पूर्ण रुपमा तयार भइसकेको र अब पारित हुन मात्रै बाँकी रहेको उल्लेख गर्दै श्रमजीवि पत्रकारहरुको हक,हितका लागि दत्तचित्त भएर लाग्न उनको आग्रह छ । 


कार्यक्रममा निर्वाचन प्रतिनिधि रामप्रसाद दाहालले सहमति, सहकार्य र एकताको सवालमा श्रमजीवि पत्रकारको मुद्धामा प्रेस युनियन बोल्ने विश्वास व्यक्त गरेका छन् । नवनिर्वाचित अध्यक्ष टंक अधिकारीले प्रेस युनियनको विधानलाई टेकेर विधानले निर्दिष्ट गरेका कामकारबाहीलाई पालना गर्दै संगठनलाई अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 


निर्वाचन समिति संयोजक कपिलमणि दाहालको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमलाई नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रिसीकान्त पौडेलले स्वागत गरेका थिए । 


प्रेस युनियन गण्डकीको प्रथम अधिवेशनबाट अध्यक्षमा टंक अधिकारी चयन भएका छन् । यस्तै उपाध्यक्षमा माधव रेग्मी र संगिता केसी, समावेशी उपाध्यक्ष शारदा झेडी, महासचिव प्रकाश ढकाल, सचिव नारायण रिजाल, महिला सचिव अन्जना तिमिल्सिना, समावेशी सचिव मोहम्मद अलि मिया, कोषाध्यक्ष सन्देश पौडेल, लेखा समिति संयोजक राधाकृष्ण डुम्रे चयन भएका छन् ।


त्यसै गरी कार्यसमिति सदस्यमा शंकरराज नहर्की, गिता लामिछाने, सुभाष पौडेल, ऋषि बस्याल, रीमा शाही, खगेन्द्र भण्डारी, देवराज पुरी, प्रेम चन्द्र रौनियार, गोविन्द लामिछाने, गिता खत्री र निरज अधिकारी रहेका छन् ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्